अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

युक्रेनलाई रुस समक्ष आत्मसमर्पण गर्न अमेरिकी पूर्व विदेशमन्त्रीको सुझाव

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४८ मा प्रकाशित

अमेरिकाको पूर्व विदेश मन्त्री हेनरी किसिन्जरले युक्रेनलाई रुस समक्ष आत्म समर्पण गरिदिन सुझाव दिनुभएको छ । ४ महिनादेखि जारी रुस र युक्रेनबीचको युद्धले विश्वको अवस्था अस्थिर बनेको र कुनै नतिजा आउन नसकेका कारण युक्रेनले युद्ध छाड्नुपर्ने उहाँको भनाइ छ ।

स्विट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक फोरमको बैठकमा उहाँले रुससँग वार्ता नहुनु र लगातार रुसको विरोध गर्नाले युरोपिय मुलुकको स्थिरतामा चुनौती उत्पन्न हुने बताउनुभयो । दुई देशबीचको युद्धले अवस्था थप भयावह बन्नुभन्दा पहिले नै यसको समाधानका लागि युक्रेनले आत्म समर्पण गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू