अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन अध्यक्ष गजुरेलको माग

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४७ मा प्रकाशित

देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो ।

पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गर्नुभयो । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको उहाँले बताउनुभयो । अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचन मार्फत जनताले वास्तविक लोकतन्त्रको अनुभुति गर्न नसकेको बताउनुभयो । कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उहाँले प्रष्ट्याउनुभयो । अध्यक्ष गजुरेलले निर्वाचनमार्फत् जनताले विकल्प खोजेको बताउनुभयो । जनताले पुराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका उहाँले बताउनुभयो । जनताले पुराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनमा परिवारतन्त्र हाबी भएको टिप्पणी गर्नुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चाले बढ्दो महंगी नियन्त्रण गर्न र एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती सन्धी, सम्झौताहरु खारेज गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू