अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजीको माग गर्दै आयल निगम घेराउ

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४६ मा प्रकाशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै विद्यार्थीहरूले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त लगायतका विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।

निगमको मुख्य गेटमा उभिएर उनिहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको उनीहरूले बताएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले अविलम्व फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रमहरू थप सशक्त बनाउँदै जाने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू