अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

आन्तरिक साङ्गठनिक कमजोरीका कारण निर्वाचनमा सन्तोषजनक परिणाम नआएको माओवादी केन्द्रको प्रारम्भिक निष्कर्ष

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आन्तरिक साङ्गठनिक कमजोरीका कारण सन्तोषजनक परिणाम नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पूर्व स्थायी समिति सदस्यहरूको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १ सय ५० भन्दा बढी पालिकामा जित्ने आफूहरूको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक साङ्गठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष निकालिएको बताउनुभयो । चुनावको विस्तृत समीक्षा जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने उहाँले बताउनुभयो । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णय गर्न जेठ २० गते बैठक बस्ने निर्णय गरेको थियो ।

तर, माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्रै केन्द्रित गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा माओवादीले १ सय २१ वटा पालिकामा प्रमुख र १ सय २८ वटा पालिकामा उपप्रमुख जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू