अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने राष्ट्रपति बाइडेनको चेतावनी

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ ।जापान भ्रमणका क्रममा उहाँले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिनुभएको बीबीसीले जनाएको छ ।

चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उहाँले भन्नुभयो,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू