अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

रुसी राष्ट्रपति पुटिनबाहेक अरुसँग वार्ता नगर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्किको भनाइ

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:०९ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनसँग मात्रै वार्ता गर्ने दोहोर्याउनुभएको छ । उहाँले रुसी राष्ट्रपति पुटिनले वार्ता गरे मात्रै युद्ध अन्त्यको विषयमा कुराकानी हुने बताउनुभयो ।

डाबोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै उहाँले रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ता गर्नमा समस्या भइरहेको उल्लेख गर्नुभयो । उहाँले रुसको कुनै सङ्घका पदाधिकारीसँग कुरा नगर्ने भन्दै युद्ध अन्त्यको विषय बाहेक अन्य विषयमा कुराकानी गर्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू