अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानमा सुरु

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:०८ मा प्रकाशित

अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानको राजधानी टोकियोमा सुरु भएको छ। सम्मेलनमा विशेष गरी हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र विश्वको भूराजनीतिक अवस्थाका विषयमा रुसले युक्रेनमाथि आक्रमण गरेको परिप्रेक्षमा यो बैठक अझै महत्वपूर्ण हुने विश्लेषण गरिएको छ।

साथै हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभावमाथि विस्तृत छलफल हुनसक्ने बताइएको छ । चीनले यस क्षेत्रमा बढाएको सैन्य तथा आर्थिक लगानीबाट अष्ट्रेलिया बढी नै चिन्तित देखिएको छ। भारतले पनि चिनियाँ प्रभावलाई भने रुचाएको छैन । चिनियाँ नौ सेनाले बारम्बार समुद्री सीमामा उल्लंघन गर्ने गरेको गुनासो समेत जापानले गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियामा नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानिज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किसिदा सहभागी सो बैठकमा अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आइपीइएफ) लागू गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

जसमा हिन्द–प्रशान्त क्षेत्रमा साइबर सुरक्षा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधारमा लगानी लगायतका विषय समेत समेटिएका छन्। अफगानिस्तानमा तालिवान शासन र उत्तर कोरियाको आणविक धम्किंका विषयमा पनि ४ नेताबीच छलफल हुनेभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू