अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

अब न्यायाधीश नियुक्ति खल्तीबाट हुँदैन- कानुनमन्त्री शर्मा

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:३२ मा प्रकाशित

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि वरिष्ठता र सक्षम व्यक्तिको रोष्टर बनाएर मात्रै जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्त हुने बताउनुभएको छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अब न्यायाधीश नियुक्ति पहिलाजस्तो खल्तीबाट नहुने बताउनुभयो । निर्देशिका बनेपछि सोहीअनुसार न्यायाधीश नियुक्त हुने भन्दै उनले निर्देशिकालाई अन्तिम रुप दिने काम भइरहेको उहाको भनाई छ ।

न्यायपालिका शुद्धीकरण अभियानका लागि सबैभन्दा पहिले न्यायाधीश नियुक्तिमा शुद्धीकरण आवश्यक रहेको भन्दै अब सक्षम व्यक्तिमात्रै न्यायाधीश बन्ने शर्माले दाबी गर्नुभयो । यसअघि न्याय परिषद्ले न्यायाधीश नियुक्तिसम्बन्धी कार्यावधि बनाएर कार्यान्वयनमा ल्याउने प्रयास गरेको थियो । तर उक्त कार्यविधिलाई ऐनले नचिन्ने भएपछि उक्त कार्यावधि निस्क्रिय भएको थियो ।

कार्यावधि निस्क्रिय भएपछि न्याय परिषद्ले निर्देशिकाको मस्यौदा तयार पारेको थियो । परिषद्ले तयार पारेको मस्यौदामाथि यतिबेला, सर्वोच्च अदालत, कानुन मन्त्रालय, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार लगायतले अध्ययन गरिरहेका छन् । मस्यौदाको अध्ययनपछि यसै महिनाभित्र यसलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू