अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने ईपीएलको चेतावनी

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२८ मा प्रकाशित

एभरेस्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ फ्रेन्चाइज टिमले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने सबै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेनल गर्दै उनीहरूले क्यानले एउटै मात्र टी–२० लिग आयोजना गर्ने निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रको लगाी डुब्ने भन्दै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको हो ।

उनीहरूले फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेको भन्दै कर्पोरेट प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता पाउने छैन । क्यानले गरेको निर्णय सही नभएको र सच्याउनेमा आफूहरू आशावादी रहेको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए ।

ईपीएलका सञ्चालक आमिर अख्तरले आफूहरूलाई काम गर्ने ठाउँ चाहिएको भन्दै छलफलबाटैसमस्या समाधान हुनेमा आफूहरू आशावादी रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू