अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२८ मा प्रकाशित

युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् । यस्तै युक्रेनले युद्ध अपराधसम्बन्धी अरू धेरै मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ । युक्रेनले रुसी सेनाबाट युद्धको क्रममा युद्ध अपराधसम्बन्धी ११ हजार वटाभन्दा धेरै घटना भएको दाबी गरेको छ । तर रुसले भने आफ्नो सेनाको तर्फबाट गैरसैनिक लक्षित आक्रमण नभएको दाबी गर्दै आएको छ ।

रुसका रक्षा अधिकारीले अहिले किएभमा रहेको दूतावास पनि बन्द रहेकोले पक्राउ परेका रुसी सिपाहीको व्यक्तिगत रक्षाका लागि उपाय नभएको तर विकल्पहरू खोजी गरिरहेको बताएका बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू