अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

वर्तमान अध्यक्ष शेर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२५ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एन्फाको वर्तमान अध्यक्ष समेत रहनुभएका शेर्पाले असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने आज पत्रकार सम्मेलन गर्दै घोषणा गर्नुभएको हो । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र बिज्ञानराज शर्माले उम्मेदवारी दिने भएका छन् । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

महिला सदस्य भने बाँकी छन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रवारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ । यसअघि पङ्कज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसक्नुभएको छ ।

प्रतिक्रिया