अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

१९ वर्ष मुनिको महिला क्रिकेट टिमको कप्तानमा कृतिका

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२४ मा प्रकाशित

१९ वर्ष मुनिको महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको हो । आईसीसी १९ वर्ष मुनिको महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो ।

मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू