अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

देशभर थपिए १० जना नयाँ सङ्क्रमित

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१५ मा प्रकाशित

नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ७ सय ३८ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार २ सय ३३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ र ५ सय ३५ एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १६ जना स्वस्थ भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९ सय ९१ पुगेको छ । गत २४ घन्टामा ३१ हजार ३ सय ८८ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३३ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू