अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

स्थानीय तह निर्वाचन २०७९ को परिणाम सन्तोषजनक- नेपाली काँग्रेस

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१३ मा प्रकाशित

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै सङ्गठन मजबुत बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताउनुभयो ।

उहाँले काँग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको दाबी पनि गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म काँग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णरुपमा चुनाव हुँदै आएको दाबी गर्नुभयो । प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली काँग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको दावी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू