अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

स्थानिय निर्वाचन–महानगरपालिकाहरुमा मतगणना जारी

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:११ मा प्रकाशित

गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत देशका महानगरपालिकाहरको मतगणना जारी रहेको छ । जारी मतगणनामा यो समाचार तयार पार्दासम्म पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ । उहाँले ५१ हजार ८ सय ८१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण बहादुर थापाले ४७ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौं महानगरपलिकामा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले अग्रता कायम राख्दै ४६ हजार ९ सय ६६, भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता सहित ४६ हजार ८ सय ९९ मत प्राप्त गर्नुभएको छ । ललितपुर महानगरमा कांगे्रसका चिरिवावु महर्जनको अग्रता कायम रहँदा बीरगञ्जमा जनता समाजवादी पार्टीका राजेशमान सिंह अगाडि हुनुहुन्छ । बिराटनगर महानगरपालिकामा भने कांगे्रसका नागेश कोईराला निर्वाचित भईसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू