अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक, विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण सहायता लिन वार्ता ओली गठन

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१० मा प्रकाशित

सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विटजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् करिव ८६ करोड १३ लाख नोपली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताउनुभयो । प्रवक्ता कार्कीका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानीरिक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारले गत बैशाख ३० गते मुलुकभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग एवम् आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी, नागरिक समाज लगायत निर्वाचन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू