अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

अमेरिकाको गेलार्ड शहरमा आँधीका कारण एकको मृत्यु, ४० घाइते

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:३५ मा प्रकाशित

अमेरिकाको मिशिगन राज्यको गेलार्ड शहरमा आँधीमा परी एक जनाको मृत्यु भएको छ भने ४० जना घाइने भएका छन् । ४ हजार २ सयको बसोबास रहेको यो शहरमा आँधीका कारण अधिकांश घरका छाना उडाएपछि सयौं विस्थापित भएका छन् ।

तेज गतिमा आएको आँधीले सडकमा रहेका सवारीसाधान समेत पल्टेकाले ४० जना घाइते भएका हुन् ।गेलार्ड शहरका सम्पूर्ण रुखहरू र बिजुलीका पोल समेत ढलेका छन् । यातायात सेवा अवरुद्ध हुनुका साथै बिजुली आपुर्ती समेत बन्द भएको छ ।

गेलार्ड शहरका मेयर टाड शराडले घाइतेहरूको उपचार भइरहेको बताउँदै प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिनुभयो । सो शहरमा केही दिनदेखि भारी वर्षा जारी रहँदा आँधी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू