अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

अष्ट्रेलियाको आम निर्वाचनमा विपक्षी लेबर पार्टी विजयी

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:३३ मा प्रकाशित

अष्ट्रेलियामा हालै सम्पन्न आम निर्वाचनमा बिपक्षी दल लेबरले जित हासिल गरेको छ । लेबर पार्टीको यो जितसँगै एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नु हुनेछ । चुनाबी परिणाम अनुसार लेबरले ९ वर्षपछि पुनः सरकार बनाउने अवसर पाएको छ । शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मतदान गरेका थिए । जसमध्ये ४ लाख ५० हजार नयाँ मतदाता समावेश भएका थिए । जसमा लेबर पार्टीले ७२ सिटमा जित हासिल गरेको छ ।

अष्ट्रेलियामा सरकार गठनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट र माथिल्लो सदनमा ४० सिट आवश्यक पर्छ । निर्वाचनले ३ वर्षका लागि नेतृत्व छनोट गरेको हो । अष्ट्रेलियाको ६ राज्य तथा २ टेरीटोरीबाट तल्लो सदनका लागि १ सय ५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको थियो ।

वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार्दै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएका अल्बानिजलाई बधाई दिनुभएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरू माझ सम्बोधन गर्दै मरिसनले पदबाट राजीनामा समेत घोषणा गर्नुभएको छ ।

आफ्नो पार्टीले जित हासिल गरेपछि अल्बानिजले अष्ट्रेलियालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँँले भ्रष्टाचारबिरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बचन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू