अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

इजरायली सेनाको गोली लागेर वेस्ट ब्यांकमा एक प्यालेष्टाईनी युवाको मृत्युपछि सो क्षेत्र तनावग्रस्त

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:३२ मा प्रकाशित

इजरायलले प्यालेष्टाईनी विरुद्ध चलाएको आतंकबाद विरोधी अभियानका क्रममा वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा एक युवक घाइते भएका छन् । पेलेस्टेनी स्वास्थ्य मन्त्रालयका अनुसार वेष्ट बैंकको जेनिन शहरमा १७ वर्षीय एक युवकलाई गोली हानी हत्या गरेको भन्दै सो क्षेत्र तनावग्रस्त बनेको छ ।

सो शहरमा रहेको शरणार्थी शिविरमा पछिल्लो समय इजरायली सेनाले तैनाथ बढाएपछि पेलेस्टाइनी र इजरालयीबीच झडप हुन थालेको छ । झडपकै क्रममा दुवैतर्फ थुप्रै घाइते भएका छन् । जेनिन शहरको शरणार्थी शिविर बाहिर इजरायली सेनाले गस्ती बढाउँदै लगेको विषयमा भने इजरायलले सो शहरमा आतंकबाद विरोधी अभियान सञ्चालन गरेको प्रप्ट पारेको छ ।

यसैबीच, सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण सो शहरमा रहेका केही भवनहरू भत्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू