अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

धरान उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:०३ मा प्रकाशित

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएकाे छ। लौरो चुनाव चिन्हबाट उम्मेदवार बन्नुभएका राई २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित हुनुभएकाे हाे।

उहाँले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराउनुभयाे। उहाँले १६ हजार ५९ मत प्राप्त गर्नुभयाे । उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे।

नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित हुनुभयाे। उहाँले १७ हजार ६ सय छ मत प्राप्त गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू