अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

वार्षिक दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन : गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ जेठ ८ गते ८:४० मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताउनुभएको छ । आईतवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले कोभिडकालमा उद्यमशीलता जोगाएर व्यापारमा रिभाइव हुन लिएको कर्जाको कारण यो समस्या आएको बताउनुभयो । गभर्नर अधिकारीले विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो ग्यापको असर सबैतिर परेको उनले बताउनुभयो ।

उहाँले हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले आयातसँगै मूल्यवृद्धि भएको बताउनुभयो । आयातित र आन्तरिक मूल्यवृद्धिको अन्तरको अध्ययन भइरहेको उहाँले बताउनुभयो । मूल्यको असर आयातमा धेरै देखिएको उहाँको भनाइ छ।

गभर्नर अधिकारीले इन्धनको आयात वर्षभर भएको अघिल्ला वर्षहरुको आयातभन्दा यस आर्थिक वर्षको नौ महिनामा नै बढी बस्तु आयात भएको बताउनुभयो । यसको असर क्रमसः उपभोक्तामा परेको बताउनुभयो । बिगतमा मौज्दातमा रहेको पुँजीबाट आन्तरिक अर्थतन्त्र चलाएको र अहिले संचितीमा परिपुरण हुन नसक्दा सबै क्षेत्रमा चाप देखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू