अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

गृहमन्त्री खाण र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ जेठ ८ गते ८:३८ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माण र कोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्र्दै विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका क्षेत्रमा अमेरिकाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो ।

साथै यस भेटका क्रममा नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि मन्त्री खाणले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू