अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको एमाले अध्यक्ष ओलीकाे टिप्पणी

बिआरटीनेपाल २०७९ जेठ ८ गते ८:३५ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गर्नुभयो ।

आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उहाँले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराउनुभयो । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले  अर्बौ आम्दानी दिने गरेको बताउनुभयो ।

उहाँले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गर्नुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गर्नुभयो । ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अब इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू