अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

बिआरटीनेपाल २०७९ जेठ ७ गते ५:२३ मा प्रकाशित

अमेरिकामा देखिएको मंकीपक्स कम्तिमा १२ देशमा फैलिएको छ । कम्तिमा १२ देशहरूमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।अन्य ५० केसमा अनुसन्धान भइएरहेको जनाउँदै डब्ल्यूएचओले संक्रमण बढ्न सक्नेतर्फ सचेत गराएको छ ।९ वटा युरोपेली देशका साथै अमेरिका, क्यानडा र अष्ट्रेलियामा मंकीपक्सको संक्रमण पुष्टि भएको हो ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् । डब्ल्यूएचओले हालैका प्रकोपहरू गैर–स्थानीय देशहरूमा देखा परिरहेका कारण यसलाई असामान्य भनेको छ ।प्रभावित  शहरूलाई प्रभावित हुन सक्ने मानिसहरूलाई खोज्न र निगरानीमा राख्न डब्ल्यूएचओले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू