अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

युगान्डाविरुद्धको अन्तिम टी–ट्वान्टीमा नेपाल विजयी

बिआरटीनेपाल २०७९ जेठ ७ गते ५:०२ मा प्रकाशित

युगान्डाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल ३४ विजयी भएको छ । १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रनमा समेटियो ।उसका लागि रिता मुसामालीले २६, केभिन अविनोले १५, शाकिरा सदिकले १३ र जनेत एम्बाजीले १० रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका इन्दु बर्मा र सीता रानामगरले दुई–दुई तथा अस्मिना कर्माचार्य र हिरन्मायी रोयले समान एक–एक विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।उसका लागि ज्योति पाण्डेले ४९, कविता जोशीले १८, सीता रानामगरले १७ र अप्सरी बेगमले ११ रन ल्याइन् ।

युगान्डाकी कोन्सी अवेको र फियोना कुकुमीले एक–एक विकेट लिइन् ।पाँच खेलको श्रृंखला यसअघि नै युगान्डाले जितिसकेको छ । आजको खेलसँगै उसले श्रृखंला ३–२ ले विजयी भएको हो । पहिलो तीन खेल लगातार युगान्डाले जितेकोमा पछिल्लो दुई खेल नेपालले जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू