अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

बिआरटीनेपाल २०७९ जेठ ७ गते ४:५८ मा प्रकाशित

यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी र कलाकार भूमिका श्रेष्ठले अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज २०२२ अवार्ड प्राप्त गर्नुभएको छ । काठमाडौंमा अमेरिकी दूतावासले आयोजना गरेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले श्रेष्ठलाई सो अवार्ड हस्तान्तरण गर्नुभएको हो ।

अवार्ड ग्रहण गर्दै श्रेष्ठले यो पुरस्कारले लैंगिक समानताका लागि अझ सशक्त रूपमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा राजदूत बेरीले नेपालका यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि भूमिकाले गरेको योगदानको चर्चा गर्नुभयो । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार नेपालले दोस्रो पटक लगातार पाउन सफल भएको हो । गत वर्ष एसिड आक्रमण विरुद्धको अभियानका लागि मुस्कान खातुनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू