अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

नेजाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ जेठ ६ गते १३:०२ मा प्रकाशित

डालस, टेक्सस । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले आइतबार टेक्ससमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सङ्घले ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा कार्टर ब्लडकेयरको प्राविधिक सहयोग र समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा टेक्ससमा सक्रिय विभिन्न संघ-संस्थाहरुले सहयोगी भूमिका निभाएका थिए ।

सो अवसरमा ४८ पिन रगत सङ्कलन भएको थियो । प्राविधिक सहयोग गरेको कार्टर ब्लडकेयरले रक्तसंकलन कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आफूहरुले लिएको लक्ष्यभन्दा बढी रगत सङ्कलन गर्न सकिएको जनाएको थियो । कार्यक्रममा उपस्थित धेरै व्यक्तिले रक्तदान गर्न इच्छा जाहेर गर्नुभए पनि व्यवस्थापकीय कारणले  समेट्न नसकिएको बताउँदै सङ्घका अध्यक्ष विकासराज न्यौपानेले आगामी दिनमा यस्तो मानवीय कार्यलाई सङ्घले निरन्तरता दिने बताउनुभयो । उहाँले यस कार्यमा सहयोग गर्नुहुने ब्लड डोनर्स अफ अमेरिका एवं सम्बद्व सबै संघ-संस्था, रक्तदाता, पत्रकार तथा सञ्चारमाध्यम, स्वयंसेवक सबैमा आभार व्यक्त गर्नुभयो ।

सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा यूएस काँग्रेसमा प्रतिस्पर्धा गरिरहेका डेरिक गे, युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा, कार्टर ब्लडकेयरका जस्टिन लिपट्रोट,नेपाली समाज टेक्ससका उपाध्यक्ष जनक भण्डारी, महासचिव सन्देश उप्रेती, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, बौद्व समाज अमेरिकाका महासचिव शैलेन्द्र मानन्धर, एएनएका अध्यक्ष बिजयराज भट्टराई, नेपलिज च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष बाल जोशी, अर्भिङ लायन्स क्लबका अध्यक्ष केदार तिमिल्सिना, लुम्बिनी सेवा समाजका अध्यक्ष जगदीश न्यौपाने, जनसम्पर्क समिति डालस फोटवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्की, १२खरी डट कमका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, सामाजिक अभियन्ताहरु प्रभात दीक्षित, मोहन ज्ञवाली, भुवन आचार्य, शिव काफ्ले, तारा भुषाल,अग्रज पत्रकार शैलेश आचार्य, कलाकार सुधांशु जोशी, पत्रकारहरू सञ्जय घिमिरे, रामचन्द्र भट्ट, श्रीकृष्ण गौतम, सूर्य थापा, किशन रेग्मी, शिव शर्मा, विनय देवकोटा, विमल बराल, हरि सुवेदी, टंक काफ्लेलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा ब्लड डोनर्स अफ अमेरिका टेक्ससका संयोजक अजय बगालेले उत्तर अमेरिकामा रहने पत्रकारहरुको छाता संस्था नेजासँगको सहकार्यमा रक्तदान कार्यक्रम गर्नुलाई आफ्नो संस्थाले सकारात्मक हिसाबले लिएको तथा आगामी दिनमा पनि सहकार्य गर्नका लागि आफूहरू तयार रहेको र आगामी दिनमा सहकार्यका लागिसमेत आग्रह गर्नुभयो ।

सो अवसरमा विकासराज न्यौपाने, शैलेश आचार्य, प्रशुराम शर्मा, विशाल शर्मा, धर्म घिमिरे, सुरेशचन्द्र पोखरेल, रामचन्द्र भट्ट, भानु खरेल, बाल जोशी, नवीन खड्का, सुरज भण्डारी, होम गौतम, टीका पौडेल, भुवन आलेमगर, बाबुराम दाहाल, दुर्गेश कर्माचार्य, किशोर खड्का, योगेन्द्र हमाल, राजेन्द्र जोशी, चाँदनी गर्ग, दीपक पोखरेल, सूर्य थापा, लक्ष्मी प्याकुरेल, राजु अर्याल, रमेश अर्याल, पर्शुराम दाहाल, प्रमोद रिजाल, सुमन थापा, उत्तम लामिछाने, राम आचार्य, जीवन बञ्जरा, उत्सव लामिछाने, शैलेन्द्र मानन्धर, विवेक भुर्तेल, निशा कुँवर, गुप्त जोशी, दीपक खरेल, शिव शर्मा, पूर्ण बराल, गौरव थापा, शौरभ साह, टंक काफ्ले, कृष्ण न्यौपाने, भुवन आचार्य, विष्णु देवकोटा र सुधांशु जोशीले रगत दान गर्नुभएको थियो । कार्यक्रममा रक्तदाता, सहयोगी व्यक्तित्व एवम् संस्थाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू