अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

गायक राई र गायिका अधिकारीको स्वर र लोहारको शब्दमा ‘तिम्रै नाम होस’ सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ ६ गते १२:५३ मा प्रकाशित

काठमाडौँ । अमेरिकाको ओहायो सहर निवासी गीतकार गोपाल लोहारले आफ्नो बिलकुलै नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस’ सार्वजनिक गरेका छन्। यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन् भने सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन्।

गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर सुन्न सकिन्छ। म्युजिक भिडियोमा स्वयम गायक राई र नायिका केकी अधिकारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुदिप बरालले छायाङ्कन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौँ म्युजिक भिडियोहरू सार्वजनिक भैसकेका छन्।

भिडियो लिंक:

प्रतिक्रिया