अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

जिन्दगी !

इन्दु पन्त २०७९ जेठ ६ गते १२:४३ मा प्रकाशित

जीवन नाउ सागरबीचमा
कतिन्जेल भट्किने हो !
अगाडि भुमरी पछाडि धार
कतातिर लम्किने हो !

विना पानीको माछाजस्तै
छट्पटिइरहेछ मन !
नाउ किनारा लाऊँ भन्दै
यत्न गरिरहेछ तन !

एक क्षण खुसीका लागि
आँसुका झरना खसाल्नुपर्ने !
आँसुकै दहमा पौडी खेल्दै
खुसी खोज्न कति पर्ने !

खुसी किन निष्ठुर बन्दै
परपर भाग्दै जान्छ !
पछ्याउने प्रयास गर्दा
किन खुसी ओझेल पर्छ !

जिन्दगी छ साह्रै छोटो
भागदौड सधैँको छ !
परिस्थिति के के आई
बनाउने रै’छ दास !!

—————
चण्डोल, काठमाडौँ ।

प्रतिक्रिया