अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

संसदीय सुनुवाइ समितिद्वारा श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतविरूद्धकाे उजुरीमा स्पष्टीकरण माग

बिआरटीनेपाल २०७९ जेठ ६ गते ८:१९ मा प्रकाशित

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतहरुको सुनुवाई गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रश्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावितत राजदुत प्राडा रामस्वार्थ रायकोबिरुद्धमा परेका उजुरीमा सुनुवाई गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुत द्वयविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताउनुभयो। उहाँलेद्वय राजदुतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदुतविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताउनुभयो ।समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदुत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदुतावास स्थापित गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले नोपल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवर्द्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताउनु भयो । उहाँले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पुर्याउन मुख्य भुमिका खेल्ने कुरामा जोड दिने बताउनुभयो ।

प्रश्तावित राजदुत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले नेपालको आर्थिक, कुटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पुर्याउने गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू