अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

नेपालले टी–२० शृङ्खला ‘क्लिन स्वीप’ हुनबाट जाेगायाे

बिआरटीनेपाल २०७९ जेठ ६ गते ८:१० मा प्रकाशित

युगान्डासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन बनाइन् ।नेपालकी हिरन्मायी रोयले दुई विकेट लिइन् ।

यससअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर पाँच बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् । मैदान ओसिलो भएको कारण आजकाे खेल १८ ओभरमा झारिएकाे थियो । यस जितसँगै नेपालले शृङ्खला ‘क्लिन स्विप’ हुनबाट जोगाएको छ । नेपालले युगान्डासँग भोलि अन्तिम टी–ट्वान्टी खेल खेल्दैछ ।

प्रतिक्रिया