अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७९ जेठ ६ गते ७:१३ मा प्रकाशित

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै बालुवाटारमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन र बलात्कारविरुद्धको प्रदर्शन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू