अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा कम

बिआरटीनेपाल २०७९ जेठ ६ गते ७:०९ मा प्रकाशित

अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा कम भएको छ । सङ्घीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो । बेरोजगारी दर अप्रिलमा ३ दशमलब ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहि सम्मकै थोरै हो ।

अष्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अष्ट्रेलियाको तथ्याङ्क व्युरोले जनाएको छ । यो अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो । धेरै रोजगारदाताहरूदले उनीहरूलाई कर्मचारी पाउनै गाह्रो भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू