अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

बलात्कार र यौन शोषण बारे सार्वजनिक भएको बिषयमा छानविन गर्न सरकारलाइ संसदको निर्देशन

बिआरटीनेपाल २०७९ जेठ ६ गते ७:०१ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताको एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा सम्लग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको थियो ।

त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुरा प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो । सांसद थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभएको थियो । उहाँले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू