अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

महानगरपालिकाहरूको मत गणना जारी

बिआरटीनेपाल २०७९ जेठ ६ गते ७:१४ मा प्रकाशित

स्थानीय तह निर्वाचनमा चासोको बिषय बनेको महानगरपालिकाहरूको मत गणनाको काम चलिरहेको छ । महानगरपालिकाहरूको मत गणनाको काम सोचे अनुसारले अगाडी बढ्न सकेको छैन । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै रहेको छ भने एमालेका उम्मेद्वार केशव स्थापितको अग्रता कायमै रहेको छ । यस्तै पोखरा महानगरपालिकामा नेकपा एसका तर्फबाट उम्मेद्वार बन्नुभएका धनराज आचार्य अगाडी रहनुभएको छ भने एमालेका कृष्णबहादुर थापाले पछ्याइरहनुभएको छ ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालको अग्रता कायमै रहदा एमालेका उम्मेद्वार विजय सुवेदी दोस्रो स्थानमा रहनुभएको छ । यसैगरि ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेद्वार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकार दोस्रो स्थानमा रहनुभएको छ । यसैगरि बिराटनगर नगरपालिकामा कांग्रेसका उम्मेद्वार नागेश कोइराला अगाडी रहनुभएको छ भने एमालेका सागरकुमार थापाले पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू