अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

भरतपुरमा मतान्तर बढाउँदै रेनु, एमालेका सुवेदी २२०० मतले पछाडि

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:४६ मा प्रकाशित

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उमेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तरसहित अघि बढ्नुभएको छ । ३१ हजार ६९३ मत गणना हुँदा उहाँले २ हजार १९८ मतको अग्रता बनाउनुभएको छ ।

रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले ९ हजार ५१८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार मत कटाउनुभएको छ ।। उहाँले अहिलेसम्म ५ हजार १४७ मत प्राप्त गर्नुभएको छ । भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू