अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:१७ मा प्रकाशित

नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ गतेबाट हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो ।नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । असोज ८ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।

होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिइसकेको छ । प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया