अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

रौटहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादीको विजय

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:१२ मा प्रकाशित

जिल्लाको सदरमुकाम गौर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरु विजयी भएका छन् ।एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयर पदमा निर्वाचित हुनुभएको हो । साहले ६ हजार ३८१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी गुप्ताले ३ हजार ७५५ मत ल्याउनुभयो । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, गौर नगरपालिकाको उपमेयर पदमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ८०९ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाउनुभयो । त्यसैगरी, नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू