अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

अमेरिकाकाे न्युयाेर्क काेराेना महामारीकाे ‘उच्च खतरा’मा, स्वास्थ्य मापदण्ड पालनामा कडाइ

बिआरटीनेपाल २०७९ जेठ ४ गते ७:४५ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो शहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले “उच्च खतरा”मा वर्गीकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको शुरुमै राखिएको थियो ।

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् । कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू