अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

९ महिनापछि एमालेले हटायो संसदको अवरोध

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:५७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ९ महिना लामो प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गरेको छ ।बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहरूलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको थियो ।बैठक सुरु हुनासाथ विशेष समय लिएर बोेल्नुभएका एमाले सांसद प्रदीप ज्ञवालीले ज्ञवालीले मुलुक राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताउनुभयो ।

देश गम्भीर संकटमा परेका बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको उहाँले आरोप लगाउनुभयो । ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गर्नुभयो ।ज्ञवालीले महंगीले हरेक नागरिकको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरूमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि सरकारलाई छुन नसकेको बताउनु भयो । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको उहाँको भनाइ थियो ।

सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरूमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारले चासो नदेखाएकोप्रति पनि गुनासो गर्नुभयो ।अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको भन्दै उहाँले विभाजनका कारकहरूको परीणामलाई आफूहरूले नियालिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू