अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

पोखरामा अग्रता बढाउँदै एकीकृत समाजवादीका धनराज आचार्य

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:४९ मा प्रकाशित

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १७५० मतले पछि पार्नुभएको छ ।

मंगलबार साँझसम्म २८१६० गणना हुँदा धनराज आचार्यले ११८१२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार कृष्ण थापाले १००६२ मत ल्याउनुभएको छ ।

मेयरमा राप्रपाबाट शंकर खरालले १२७१ मत पाउँदा स्वतन्त्र उठेका गनेश पौडेलले ६६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले १२१३० मतसहित अग्रता कायम गर्नुभएको छ । एमालेका मञ्जुदेवी गुरूङले ११४८३ मत सहित पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू