अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नेपाल र युगान्डाबीचको खेलमा नेपाल पराजित

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:४५ मा प्रकाशित

नेपाल र युगान्डाबीचको दोस्रो टी – २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९ दशमलब ५ ओभरमा पूरा गरेको हो ।

खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो । पाँच खेल सम्मिलित सिरिजमा लगातार २ जित दर्ता गर्दै युगान्डाले यो श्रृङ्खलामा अग्रता कायम राखेको छ । आज टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया