अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

महानगरपालिकाहरूको मत गणना सम्पन्न हुनको लागि कम्तिमा पनि १ हप्तादेखि १० दिनसम्म लाग्ने

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:३४ मा प्रकाशित

महानगरपालिकाहरूको मत गणना सार्वजनिक हुनको लागि कम्तिमा पनि १ हप्तादेखि १० दिनसम्म लाग्ने भएको छ । अहिलेकै अवस्थामा मतगणना जारी रहने हो भने महानगरपालिकाहरूको परिणाम सार्वजनिक हुनका लागि कम्तिमा ७ दिनदेखि १५ दिनसम्म लाग्ने देखिएको छ । निर्वाचन आयोगले छिटो मतगणना सम्पन्न गर्नको लागि अनुरोध गरिरहेको भएपनि अझै पनि गति बढ्न सकेको छैन ।

महानगरपालिकामा मतगणना स्थलहरू थपिएको छ, यद्यपी गणनाको गति भने बढ्न सकेको छैन । महानगरपालिका जस्तै उपमहानगरपालिकाहरूमा पनि गणनाको अवस्थाा सुस्त नै छ । अन्य स्थानमा भने मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली काँग्रेसको तर्फबाट १ हजार ५ सय १५ जना महिला वडा सदस्य निर्वाचित भएका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट १ हजार २ सय ६५ जना महिला वडा सदस्य निर्वाचित भएका छन् भने माओवादीको तर्फबाट ६ सय १६ जना सदस्य निर्वाचित भएका छन् । यस्तै नेकपा एसबाट १ सय २ जना निर्वाचित भएका छन् । आयोगका अनुसार अन्य विभिन्न पार्टीको तर्फबाट भने २ सय ६२ जना महिला सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू