अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

काठमाण्डाैमा बालेन शाह ६ हजार मतले अगाडि

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:२१ मा प्रकाशित

काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । ताजा अवस्थामा शाहले पाँच हजार नाै सय ९९ मतले अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्म ३३ हजार दुई सय २२ मत गन्दा साहले १२ हजार आठ सय ७७ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार आठ सय ७८ मतले पछि हुनुहुन्छ ।

मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार एक सय एक मत प्राप्त गर्नुभएकाे छ । यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । डंगाेलले १२ हजार तीन सय १५ मतसहित अग्रता लिइरहनुभएकाे छ । उपमेयरमै गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार सात सय १५ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू