अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

नेपालका लागि भारतको नयाँ राजदूतमा चीन विज्ञ श्रीवास्तव

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:२६ मा प्रकाशित

नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त हुनुभएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको हो ।श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा परिचित हुनुहुन्छ । नेपालमा रहेका राजदुत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि नेपालमा उक्त पद खाली थियो । हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई सम्हाल्नुहुने छ । उहाँले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले लेखेको थियो ।उनी मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी हुनुहुन्थ्यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू