अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

निर्वाचन परिणाम उत्साहजनक छैन : झलनाथ खनाल

बिआरटीनेपाल २०७९ जेठ ३ गते ७:५५ मा प्रकाशित

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताउनुभयो । उहाँले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको दाबी गर्नुभयो ।

आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उहाँको भनाइ छ । नेता खनालले आगामी बजेट जनमुखी हुनुपर्ने भन्दै बजेटमा कृषि, औद्योगीकरण, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई केन्दविन्दुमा राखिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू