अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

कांग्रेस भन्छ- एमाले अत्तालियो

बिआरटीनेपाल २०७९ जेठ २ गते ८:१३ मा प्रकाशित

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले अत्तालिएको बताएको छ। एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै आइतबार विज्ञप्ति जारी गरेको थियो। ‘निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति ९रुझान० ले नेकपा एमाले अत्तालिएको हामीले पाएका छौँ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

मतपरिणामलाई कांग्रेसले स्वभाविक मानिरहेको पनि उहाँले बताउनुभयो । ‘विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ, यसलाई हामीले स्वभाविक मानेका छौं,’ उहाँले भन्नुभएको छ ।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रुपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसले बताएको छ।

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको महतले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू