अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज आचार्य

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:४० मा प्रकाशित

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउनुभएको छ । १३ हजार ६४३ मत गणना हुँदा आचार्यले एमालेका कृष्ण थापाको भन्दा ६७० मत बढी ल्याउनुभको छ । आचार्यले ५ हजार ७४८ मत ल्याउँदा थापाले ५ हजार ७८ मत पाउनुभएको छ ।

तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६५८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३३१ मत पाउनुभएको छ ।

उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले नेपाली कांग्र‍ेसकी कोपिला रानाभाटलाई उछिन्नुभएको छ । गुरुङले ५ हजार ५६४ मत ल्याउँदा रानाभाटले ५ हजार ४७४ मत ल्याउनुभएको छ । राप्रपाकी रञ्जना सेनको ३७१ मत छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू