अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

विवेकशील साझा पार्टीद्वारा अपेक्षाकृत नतिजा ल्याउन नसक्दा दुःख व्यक्त

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:२१ मा प्रकाशित

विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी रहे पनि आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा दुःख व्यक्त गरिएको छ ।

गत पाँच वर्षमा स्थानीय, सङ्घीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भए पनि जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी सङ्गठन बनाउन नसक्दा निर्वाचनमा सोचेअनुसार नतिजा आउन नसकेको जनाएको छ ।

पार्टीमा टुटफुटलगायत वैचारिक ध्रुव्रीकरण भएको र आशा गरिएको पार्टीभित्र उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू