अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नहुने

बिआरटीनेपाल २०७९ जेठ १ गते ६:२० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनैपनि निकायमा आइतबार विदा नहुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जेठ १ गते आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयका कुनैपनि निकायमा आइतबार विदा नहुने जानकारी दिएको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार शैक्षिक पात्रो पहिले नै ढिलो भइसकेको र दुई दिन विदा दिँदा झनै धकेलिने भन्दै विदा नहुने जनाएको छ । त्यसैगरी स्वास्थ्य सेवा दिने शिक्षण अस्पतालहरुमा पनि असर गर्ने भएको कारण दुई दिन विदा दिन नसकिने भन्दै विदा दिन अस्वीकार गरेको हो ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने गरी सूचना प्रकाशित गरेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने हुँदा सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू